रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका इच्छुक

रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका इच्छुक

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचाबारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन्।आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ। तर, वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ । बाइडेनले सन्धिको समीक्षा सम्मेलनअघि विज्ञप्तिमार्फत भनेका छन् 

उनले चीनले पनि त्यस्तै गर्नुपर्ने धारणा राखेका छन्। चीनसँग एनपिटी आणविक हतियार राष्ट्र र पी ५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि भएको र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्ने उनले बताएका छन्। हतियारको वृद्धि कुनै पनि राष्ट्र वा विश्वको लागि फाइदा नभएको राष्ट्रपति बाइडेनले बताए।

Skip This
Skip This
Logo