आगामी निर्वाचनमा १० लाख मतदाता थपिन सक्ने आयोगको अनुमान

आगामी निर्वाचनमा १० लाख मतदाता थपिन सक्ने आयोगको अनुमान

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले गत स्थानीय चुनावमा भन्दा करिब १० लाख मतदाता थपिने प्रक्षेपण गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कूल मतदाता एक करोड ८५ लाखदेखि ८६ लाखसम्म पुग्ने आयोगको प्रक्षेपण गरेको बताए। गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “त्यसमा दश लाख मतदाता थपिन सक्छन्।” 

सरकारले ४ मंसीरका लागि चुनावको मिति घोषणा गरेसँगै आयोगले मतदाताा नामावली संकलन स्थगित गरेको छ। अनलाइन फारम भरिसकेकाहरूले भने साउन २१ गतेसम्म औंठा छाप लगाउन र फोटो खिचाउन पाउने छन्।
 

Skip This
Skip This
Logo