जंगली च्याउ खाँदा बालिकाको मृत्यु , सात जना विरामी

जंगली च्याउ खाँदा बालिकाको मृत्यु , सात जना विरामी

केन्द्रबिन्दु
0
Shares

सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका – ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका ४ मध्ये ती बालिकाको प्रदेशिक अस्पताल  सुर्खेतमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शुक्रबार जंगली च्याउ खाँदा शारदा नगरपालिका – ४ साइलाकम्दकी ४० वर्षीया मीना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय छोरा जोन बस्नेत र छोरी ४ वर्षीया जोशना बस्नेत बिरामी परेका थिए।

जिल्ला अस्पताल सल्यानमा सामान्य उपचारपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा शनिबार विहान रिफर गरिएको थियो।

 जिल्ला अस्पतालबाट रिफर गरिएका बनगाड कुपिण्डे नगरपालिका – ९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनका ४५ वर्षीया श्रीमती मनकली ओली २३ वर्षीय छोरा प्रकाश ओली र बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका ४ साइलाकम्दीका ४ गरी ८ जना बिरामी  भएका थिए।

जसमध्ये ५ जनाको  प्रादेशिक अस्पताल सुर्खेत कालागाउँ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको  प्रहरीको भनाइ छ।

Skip This
Skip This
Logo