सप्तकोशी नदीको जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ४२ वटा ढोका खोलिएको छ । दिउँसो ४ बजे प्रतिसेकेण्ड २ लाख २३ हजार क्युसेक पानीको बहाव मापन भएपछि ब्यारेजको २८ वटा ढोका पूर्ण र १४ ढोका आंशिक रुपमा खोलिएको हो ।
सप्तरी प्रहरीका अनुसार पानीको बहाव दिउँसो १ बजेसम्ममा २ लाख १७ हजार १७० क्युसेक प्रतिसेकेण्ड थियो।
पानीको बहाव बढेसँगै ५६ मध्ये आंशिक र पूर्ण गरी ४२ ढोका खोलिएको प्रहरी उपरीक्षक काफ्लेले बताए। आज मध्यान्हसम्ममा ब्यारेजको २९ ढोका खुला गरिएको थियो।
सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।
पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ। कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाई अलर्ट जारी गरेको छ।































प्रतिक्रिया