पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।

लोकमार्ग अन्तरगत निसीखोला गाउँपालिका वडा नम्बर ४ स्थित कालाखेतमा पहिरो खस्दा यातायातका साधानहरु ठप्प भएका छन् । पहिरोका कारण गएरातिदेखि सडक अवरुद्ध भएको निसीखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टिकानिधी पौडेलले बताए । 

निसीखोला गाउँपालिका पहलमा पहिरो पन्छाउने कार्य तत्कालै शुरु गर्ने वडा अध्यक्ष पौडेलको भनाई छ। पहिरो निकै ठूलो भएको हुँदा सडक खुलाउन केही समय लाग्नसक्ने अध्यक्ष पौडेलको भनाई छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले सडक तत्कालै खुलाउनका लागि डोजर परिचलान गर्न थालिएको बताए । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौका लागि छुटेको सवारी साधनहरु अलपत्र परेका छन् भने निसीखोलादेखि पोखरा, काठमाडौँ, बागलुङ लगायतका स्थानमा पुग्ने गाडीहरु झिवाखोलामा रोकिएका छन् । 

Skip This
Skip This
Logo