विभिन्न देशको मुद्रासहित भारतीय नागरिक पक्राउ

विभिन्न देशको मुद्रासहित भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

विभिन्न देशको मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेल रहेका छन् ।

उनलाई विभिन्न देशको मुद्रा अबैध रुपमा लुकाई छिपाई अन्य मुलुकमा लैजान लागेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४६५ यूएई दिराम र ४ हजार ६५० केन्याको सीली बरामद गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो ।  
अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्दा झोलामा अवैध रूपमा लुकाई लैजान लागेको उक्त मुद्राहरू फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Skip This
Skip This
Logo