जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली जनप्रगतिशील मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका छन् ।
दाहाल ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा मञ्चले केमाइदो यिकीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका हुन् ।
यसअघि शनिबार बिहान दाहालले आणविक बम खसेको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेका थिए । मञ्चको निमन्त्रणामा दाहाल शुक्रबार राति जापान गएका हुन् ।
दाहालसँग उनका स्वकीय सचिव रमेश मल्ल,प्रेस संयोजक सूर्य किरण र उनकी छोरी समेत रहेकी निजि सचिव गंगा दाहाल पनि गएका छन् ।
उनले शनिबार फुकोओकामा नेपाल फेष्टिबलको उद्घाटन गरेका थिए । अध्यक्ष दाहालसहितको टोली मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।































प्रतिक्रिया