हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किए, विद्यार्थीसहित एक दर्जन घाइते

हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किए, विद्यार्थीसहित एक दर्जन घाइते

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको हेटौंडामा स्कुल बससहित ५ सवारी एक आपसमा ठोक्किएका छन् ।

सोमबार बिहान ९:०५ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको हो। 

दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन् । उनीहरूको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।  

 प्रहरीका अनुसार सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको थियो। 

त्यस्तै ट्रकले फेरि गएर सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो। 

घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग पनि खुलाइसकेको छ।

Skip This
Skip This
Logo