जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्नुपर्छ : दाहाल

जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्नुपर्छ : दाहाल

केन्द्रबिन्दु
0
Shares

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्नुपर्ने बताएका छन् । 

जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार प्रिफेक्चरल सरकार जापान, कृषि सहयोग डिभिजन अन्तर्गतको कुरुस अर्किड लिमिटेडको अवलोकन भ्रमणका क्रममा सो कुरा बताएका हुन् । जुन भ्रमणको लागि उनले नेपाल देखी नै इच्छा जाहेर गरेका थिए । 

‘हाम्रो पुरानो मित्रलाई थाहा छ, नेपाल कृषि प्रधान मुलुक हो। हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौं,’ प्रचण्डले भने, ‘त्यसको लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं। तपाईंहरुको प्रविधि हामी सिक्न चाहन्छौं।’

उनले नेपालमा पनि उक्त प्रविधि पुर्याउनका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदी र नेपाली प्रतिनिधिका अगुवाहरुलाई आग्रह गरेका छन्।

Skip This
Skip This
Logo