कांग्रेस पार्टी सभापतिलाई नेताहरुको सुझाब : सय सिट कांग्रेसलाई राखेर गठबन्धन गर्नू

कांग्रेस पार्टी सभापतिलाई नेताहरुको सुझाब : सय सिट कांग्रेसलाई राखेर गठबन्धन गर्नू

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सय सिट राखेर गठबन्धन गर्न सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा   बसेको बैठकले सय सिट राखेर मात्रै गठबन्धन गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न सुझाव दिएका छन् । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने पार्टीका तर्फबाट गठबन्धन कार्यलयमा रहेका सदस्यहरुलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको बताए । उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए । उनले सुझाव दिने क्रम जारी रहेको भन्दै अहिले प्रारम्भिक सुझाव भएकाले ठोस रुपमा यति नै सिट भनेर सुझाव नदिएको बताए ।
 
 

Logo