कांग्रेसले जनप्रतिनिधिलाई साउन ३० र ३१ गते प्रशिक्षण दिने

कांग्रेसले जनप्रतिनिधिलाई साउन ३० र ३१ गते प्रशिक्षण दिने

केन्द्रबिन्दु
0
Shares

 नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । सोमबार बालुवाटारमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

यही साउनको ३० र ३१ गते काठमाडौंमा प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् । साथै, बैठकमा चुनावी तालमेलको मोडालिटीबारे समेत छलफल भएको बताइएको छ ।
 

Logo