लुम्बिनी प्रदेशमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात

लुम्बिनी प्रदेशमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेश आपूर्ति संयन्त्रको बैठकले प्रदेशमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज रहेको जनाएको छ ।  

लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको प्रदेशस्तरीय आपूर्ति संयन्त्रको बैठकले प्रदेशका १२ वटै जिल्लामा खाद्यान्न, पेट्रोलियम, मलखाद तथा उपभोग्य सामाग्रीको सहज आपूर्तीले अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेको जनाएको हो ।

उच्चस्तरीय संयन्त्र र सो मातहतको समिति तथा प्राविधिक समितिले गरेको अध्ययन अनुसार प्रदेशमा कम्तीमा चार महिनाका लागि खाद्यवस्तुको अभाव हुने छैन । समितिले निजी तथा व्यावसायिक संघसंगठन तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलगायतका सरोकारवाला निकायसँगको छलफल र तथ्यांकको आधारमा चार महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको निष्कर्ष निकालेको हो ।  क्षेत्रले निरन्तर प्रयास गरिरहेको बताए । 

Skip This
Skip This
Logo