राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरिएको बताएकी छिन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले प्रत्यक्ष निर्वाचित सदस्यलाई जति अधिकार छ, त्यो पूर्ण अधिकार समानुपातिक सदस्यलाई पनि छ भन्ने कुरा ऐन बनाएर जान जरुरी रहेको बताइन् ।
निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फको लागि महिलाको हकमा सम्बन्धित कोटा छुट्याउन पनि उनको माग छ । महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा छुट्याएर जानुपर्ने र त्यसको कति संख्या छुट्याउने भन्ने कुरामा छलफल हुन आवश्यक रहेको उनको भनाइ थियो ।





























प्रतिक्रिया