फोहोर बोकेका गाडीमा भएको तोडफोडप्रति मेयर शाहको आपत्ति

फोहोर बोकेका गाडीमा भएको तोडफोडप्रति मेयर शाहको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले फोहोर बोकेर गएका गाडीहरुमा भएको तोडफोडप्रति आपत्ति जनाएका छन् । फोहोर व्यवस्थापनमा महानगर सुरुवातदेखि नै संवेदनशील भएको उल्लेख गर्दै उनले कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध भएको बताएका छन् ।

‘ फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ । यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।’  उनले फेसबूकमा उनले लेखेका छन्,  ‘ कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । प्रमुख शाहले तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ । ’ 

प्रमुख शाहले केहि व्यक्ति र समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिले स्पष्ट पारेका छन् । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास नर्गन उनले आग्रह गरेका छन् । 

Logo