काठमाडौंको मन्डिकाटार स्थित आईइसी इन्स्टिच्युटमा फेसन शो सम्पन्न भएको छ । सोमबार भएको शोमा तेस्रो सेमेस्टका विद्यार्थीहरुले फेसन डिजाइनिङको विषयबाट विभिन्न किसीमको आफैले डिजाइनिङ गरेको कपडा लगाएर प्रदर्शनी गरेका थिए ।


उनीहरुले विभिन्न किसिमका लुगाहरु पनि बनाएका थिए । यसै आधारमा शिक्षकहरुले उनीहरुलाई मूल्याङ्कन गरेका थिए । यो विद्ययार्थीहरुका लागि पढेर मात्र होइन प्रत्यक्ष उपस्थित भएर आफुले जानेको सिपलाई प्रस्तुत गर्नका लागि आयोजित कार्यक्रम थियो । फेसन शो कार्यक्रममा शिक्षक शिक्षिकासहित अन्य विद्यार्थीहरुको पनि उपस्थिति थियो ।

फेसन डिजाइनिङ पढ्न भर्खरै यस स्कुलमा भर्ना भएका विद्यार्थीहरुका लागि भने यो कार्यक्रम निकै फलदायी थियो । आईइसी इन्स्टिच्युट नेपाल कै पहिलो आर्ट एण्ड फेसनको अध्ययन हुने स्कुल पनि हो । केही दिन अघि मात्रै पहिलो सेमेस्टारका विद्यार्थीहरुले एन्टेरियर डिजाइनिङ प्रस्तुत गरेका थिए । विद्यार्थीहरुका लागि पढेर मात्र होइन प्रत्येक्ष उपस्थित भएर आफुले जानेको सिपलाई प्रस्तुत गर्नका लागि फेसन शो कार्यक्रम आयोजना गरिएको आईइसी इन्स्टिच्युटकी म्यानेजिङ डाइरेक्टर शैलेजा अधिकारीले बताइन् ।


.jpg)































प्रतिक्रिया