कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभीए प्रशारण लाइन विस्तारका लागि मन्त्रिपरिषद्ले बाटो खोले पनि अझै राष्ट्रिय निकुन्ज बाधक देखिएको छ ।
१७५ रोपनी जग्गा प्रयोग गर्नुपर्ने भएपछि सोही जग्गा बराबरको जमिन निकुन्जलाइ उपलब्ध गराउनु पर्ने बाध्यकारी नियमका कारण विद्युत् लाइन विस्तारमा समस्या देखिएको हो ।
सो समस्या फुकाउनका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह, नेपाल विद्यत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु यादव र मुख्यमन्त्री जीवनबहादुर शाहीको बीचमा छलफल समेत भएको छ । वनलाई उपलब्ध गराउने जग्गा खोजीदिन समेत यादवले मन्त्रीलाई सहयोग मागेका छन् ।
तोकिएको समयमा काम नगर्दा तीन जिल्लाको ठेक्का तोडिएको छ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले दिएको जानकारीअनुसार जाजरकोटको कुदु–चौखा र चौखा–डोल्पाको ठेक्का ताडिएको छ । दैलेख , जुम्लाको ठेक्का समेत तोडिएको छ ।
३२ केभीए लाइन रहेको उक्त खण्डमा ठेकेदारले काम नगर्दा ठेक्का तोड्नुपरेको हो । असार ४ र असार १२ गते ठेक्का तोडिएको थियो । सताग्री कन्ट्रक्सन काठमाडौँले उक्त कामको जिम्मेवारी लिएको थियो । ठेक्का तोडिएसँगै ठेक्का तोडिएको ठाउँमा नयाँ ठेक्कासमेत खोलिएको प्रदेश कार्यालयले जनाएको छ ।































प्रतिक्रिया