शेयर लगानीकर्ताले अब टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड आइएमई पे मार्फत गर्न सक्ने भएका छन् ।
आइएमई ग्रुपले शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई शेयर खरिद गरे बापत गर्नु पर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने व्यवस्था गरेको हो ।
हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने भएकाले शेयर कारोबार गर्ने सबैलाई थप सहज हुने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए ।
यो भुक्तानी रियल–टाईममाहुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सकिने छ ।































प्रतिक्रिया