वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन

वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ। बुधबार बिहान  हृदयघातका कारण उनको निधन भएको हो।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाका अनुसार पाण्डेलाई सीतापाइला स्थिति आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्‍याइएको थियो।  अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए। उनको ५४ वर्षको उमेरमा निधन भएको हो।

‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन्। उनी पछिल्लो समय हिमालय टेलिभिजनमा कन्सलट्यान्टको रुपमा कार्यरत थिए।  पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

Skip This
Skip This
Logo