राष्ट्रियसभामा बाढी – पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभामा बाढी – पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रियसभाका सांसदहरुले बाढी , पहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै एमालेका सांसदद्धय शारदादेवी भट्ट र विमला घिमिरेले बाढीपहिरो पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउने काममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 बैठकमा बोल्दै सांसद भट्टले कैलाली र कञ्चनपुरका जनता बाढि, पहिरोबाट बढी प्रभावित भएपनि उनीहरुलाई राहत दिन सरकारले उचित कदम चाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले  वर्षाले प्रभावित जनताको क्षतिपूतिको उचित व्यवस्था मिलाउन पनि सरकालाई सचेत गराइन् । 

एमालेका अर्की सांसद घिमिरेले भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि त्यसको समायोजन गर्न सरकार तयार नभएको भन्दै आपत्ति जनाइन् । उनले किसानलाई खेतीवालीको बेला पनि मल नदिएको, गत वर्ष वर्षात्का कारण क्षति भएको किसानको अन्नवालीको अझै राहत नदिएको भन्दै सरकारको चर्को आलोचना समेत गरिन् ।

सांसद घिमिरेले सरकारले जनतालाई राहत दिनै नचाहेको आरोप समेत लगाइन् । 

Skip This
Skip This
Logo