प्रदेश १ : तराईका सिमावर्ती क्षेत्रमा लामो दुरीको गस्ति सञ्चालन

प्रदेश १ : तराईका सिमावर्ती क्षेत्रमा लामो दुरीको गस्ति सञ्चालन

केन्द्रबिन्दु
0
Shares

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सिमावर्ती क्षेत्रमा लामो दुरीको  गस्ति सञ्चालन गरेको छ । सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधीहरुको रोकथाम तथा नियन्त्रणका तराईका सिमावर्ती क्षेत्रमा लामो दुरीको गस्ति सञ्चालन गरिएको हो ।

 खुल्ला सीमा नाकाको फाइदा उठाउँदै हुने चोरी, तस्करी र अपराध रोकथाम तथा नियन्त्रणको लागि भारतसँग सीमा जोडीएको प्रदेश १ को तीन जिल्लाको सीमावर्ती क्षेत्रमा छुट्टै प्रहरी परिचालन गरी गस्ती सुरू गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

पहिलो चरणमा यही श्रावण २० गते देखी २५ गते सम्म छुट्टाछुट्टै टोली बनाई सिमावर्ती क्षेत्रमा परिचालन गरिएको थियो । यस अघि सम्बन्धित प्रहरी कार्यालयहरुले आ- आफ्नो एरियामा गस्ती गर्दे आएता पनी त्यसलाई थप व्यवस्थित गर्दै सुरक्षाकर्मी बढाएर सिमावर्ती क्षेत्रमा गस्ति बढाईएको हो ।

यस किसिमको गस्तिले मातहत प्रहरी कार्यालयबाट सिमावर्ती क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई थप हौशला प्रदान हुने र अपराधजन्य गतिविधीलाई नियन्त्रण गर्न थप टेवा पुग्ने लक्ष्य अनुसार गस्ति संचालन गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

Skip This
Skip This
Logo