हिरोका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो : एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ५२ हजार

हिरोका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो : एक्सपल्स २०० फोरभीको मूल्य ४ लाख ५२ हजार

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा हिरोका मोटरसाइकल र स्कुटरको मूल्य बढेको छ । हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले विभिन्न मोडलको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्य सूची अनुसार नेपाली बजारमा हिरोको सबैभन्दा कम मूल्यको मोटरसाइकल एचएफ डिलक्सको मूल्य १ लाख ८३ हजार रुपैयाँ तोकिएको छ  । त्यसैगरी सबैभन्दा धेरै मूल्यको मोटरसाइकल एक्सपल्स २०० फोरभी  ४ लाख ५२ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । 

स्कुटरमा सबैभन्दा कम मूल्य ११० सीसीको प्लेजर हो । यसको मूल्य २ लाख ५ हजार ५ सय रुपैयाँ छ भने सबैभन्दा धेरै मूल्यको स्कुटर हिरो माएस्ट्रो एज १२५ एफआई हो । यसको मूल्य २ लाख ६८ हजार रुपैयाँ छ ।

नेपाली बजारमा उपलब्ध हिरोका मोटरसाइकलमा ५ वर्ष वा ७० हजार किलोमिटर र स्कुटरमा ५ वर्ष वा ५० हजार किलोमिटर सम्म वारेन्टी उपलब्ध छ । सबै मोडलमा ९ पटक निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo