आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने

आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने

केन्द्रबिन्दु
0
Shares

आगामी संघ र प्रदेशसभा सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन् ।

बिहीबार  प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने बताएका हुन् ।

उनले हालमा म्यादी प्रहरीको संख्या निक्र्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्ने बारेमा छलफलका लागि सूची पठाइसकेको बताए ।

आईजीपी सिंहले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने जनाए । उनका अनुसार यसबारेमा प्रारम्भिक चरणमा छलफल र तयारी चलिरहेको छ ।

आईजीपी सिंहले  नेपाल प्रहरी निर्वाचनको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताए ।

Logo