एन्फाका अन्तर्राष्ट्रिय बिभाग प्रमुख नविन पाण्डे पदमुक्त

एन्फाका अन्तर्राष्ट्रिय बिभाग प्रमुख नविन पाण्डे पदमुक्त

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिती बैठकको गाठो तत्कालका लागि फुकेको छ ।

बैठकमा मुख्य २२ वटा एजेन्डामा छलफल भएको र निर्णय भएको एन्फाले जनाएको छ । राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेल खेल्ने । नेपाल सुपर लिग (एनएसएल) आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै बैठकले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ ।

यस्तै एन्फाले प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ । बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव किरण राईलाई दिएको छ ।​

Skip This
Skip This
Logo