सुनको मूल्य आज पनि घट्यो, कति पुग्यो ?

सुनको मूल्य आज पनि घट्यो, कति पुग्यो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । आज प्रतितोलामा ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार ३०० सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदीको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

केहि दिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लागेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैंयाँ रहेको थियो । मंगलबार पनि ९७ हजार २०० मा सुनको कारोबार भएको थियो ।

Skip This
Skip This
Logo