उपराष्ट्रपति पुनले शनिबार लाय्कु भैलः नाच हेर्ने

उपराष्ट्रपति पुनले शनिबार लाय्कु भैलः नाच हेर्ने

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले मध्यपुर थिमिको ऐतिहासिक लाय्कु भैलः नाच अवलोकन गर्ने भएका छन् । भक्तपुर मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उनले शनिबार राति नाच हेर्न लागेका हुन्।

मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि विविध साँस्कृतिक नाच हुने गरे पनि राष्ट्रियस्तरमा प्रचारप्रसार नभएकोले ओझेलमा छन् ।

यस्ता साँस्कृतिक महत्वका सम्पदाको प्रचार होस भनेर उपराष्ट्रपतिलाई निमन्त्रणा गरेको मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । यी नाचहरू अवलोकनका लागि पहिलो पटक विशिष्ट व्यक्तित्वको आगमन हुन लागेको नगरप्रमुख श्रेष्ठले बताए ।

आजदेखि चार दिनसम्म मध्यपुर थिमिमा लाय्कु भैलः, महाकाली नाच तथा निलबाराही गण नाचलगायतका ऐतिहासिक तथा साँस्कृतिक नाच सुरू हुँदैछ । लायकु भैलः, मध्यपुर थिमिको ऐतिहासिक लाय्कु ९दरवार०बाट निस्कने भएकोले मल्लकालिन अवस्थामा यसको राजकीय सम्मान तथा सहभागिता रहको देखिन्छ । 

नेपाल संवत ६३३ मा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले भक्तपुरको नवदुर्गा नाच, बोडको निलबाराही नाचसँगै थिमिमा लाय्कु भैलः नाच सञ्चालन गरेको जनविश्वास छ । स्थानीय किंवदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य तथा दानवहरूले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आरधना गरी देवीको आज्ञा बमोजिम यो नाच शुरू गरेको हो । 

लाय्कु भैलः नाचमा ज्यापुंगः ९ बेताल० –१ जना, भैलः(भैरव) –२ जना र दागिं (कुमारी) २ जना गरी पाँच जनाको नाच हुने गर्छ । लाय्कुमा वृहत् भोजको आयोजना गरी बेलुका ८ः३० बजेतिरबाट लाय्कु भैलः निकालिने छ । यही जात्रा अवलाकेनका लागि उपराष्ट्रपति राति ९ बजे भक्तपुर पुग्ने छन् ।

Logo