प्रशान्त महासागरमा खसेको उल्कापिण्ड एलियन टेक्नोलोजी भएको दाबी

प्रशान्त महासागरमा खसेको उल्कापिण्ड एलियन टेक्नोलोजी भएको दाबी

केन्द्रबिन्दु
36
Shares

सन् २०१४ मा प्रशान्त महासागरमा खसेको उल्का पिण्ड वास्तवमा एलियन टेक्नोलोजी भएको हार्वर्ड युनिभर्सिटीसँग सम्बन्धित प्रोफेसरहरुले दाबी गरेका छन् । 

अनुसन्धानकर्ताहरु अब यो उल्का पिण्डलाई समुन्द्रबाट बाहिर निकाल्ने काममा लागेका छन् । आइभी लिग स्कूलको खगोल विज्ञान विभागमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने हार्वर्ड प्रोफेसर एभी लोएब भन्छन्, 'सन् २०१४ मा प्रशान्त महासागरमा खसेको उल्का पिण्ड वास्तवमा एलियन टेक्नोलोजी हुन सक्छ ।’ अर्को ताराबाट आएको वस्तुमा मानिसले हात राख्ने यो पहिलो पटक हुने उनको भनाइ छ । 

अहिले प्रशान्त महासागरमा खसेको उल्कापिण्ड सौर्यमण्डल बाहिरको भएको तथ्यांकले पुष्टि गरिसकेको छ । अधिकांश उल्का पिण्डहरू फलामका हुन्छन् । लोएब भन्छन् कि यो साधारण उल्कापिण्ड होइन । यो बाहिरबाट आएको कुरा हो । यसबाहेक यसको गति सूर्यको वरिपरि घुम्ने ताराभन्दा झण्डै दोब्बर देखिएको थियो ।

रक्षा विभागको अन्तरिक्ष कमाण्ड मेमोले पुष्टि गरे अनुसार यो उल्कापिण्ड हाम्रो सौर्यमण्डल बाहिरबाट आएको हो । यही कारणले लोएब भन्छन् कि यो सम्भवतः एलियन टेक्नोलोजी हुन सक्छ ।

Skip This
Skip This
Logo