नागरिकता विधेयक फिर्ता गरेकै कारण ठूलो आक्रोश व्यक्त गर्नु पर्दैन : महामन्त्री थापा

नागरिकता विधेयक फिर्ता गरेकै कारण ठूलो आक्रोश व्यक्त गर्नु पर्दैन : महामन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताएका छन् ।

विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशबारे भने पार्टी र सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने उनले बताए । राष्ट्रपति भण्डारीले आइतबार मात्र १५ बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले विधेयक पुनर्विचार गर्न पठाउने व्यवस्था संविधानमै रहेको बताए । राष्ट्रपतिले दिएको सन्देश स्वीकार गर्ने वा विधेयक फेरि जस्ताको तस्तै पठाउने भन्ने संसदको विषय भएको महामन्त्री थापाले बताए ।

Skip This
Skip This
Logo