किन गरे मेसीले बार्सिलोना छोड्ने निर्णय ?

किन गरे मेसीले बार्सिलोना छोड्ने निर्णय ?

केन्द्रबिन्दु
0
Shares

बार्सिलोना ।

लियोनल मेसीले मंगलबार बार्सिलोना छोड्ने औपचारिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि सनसनीपूर्ण अनुरोध गरेका छन् । अर्जेन्टिनाका ३३ वर्षीय यी खेलाडीले क्लबलाई फ्याक्स गर्दै आफूले क्लब छाड्ने सर्त अभ्यास गर्न चाहेको बताए ।

उनको अनुबन्धमा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकसँग ८–२ ले पराजित भएपछि उनी क्लब छोड्ने मनसायमा पुगेका थिए ।

६ पल्टका बलोन डे’अर विजेता खेलाडी र बार्सिलोना व्यवस्थापनबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन । बार्सिलोना भने अनुबन्ध अनुसार मेसीले बिनामूल्य क्लब तत्काल छाड्न सक्ने सर्त समाप्त भइसकेको मान्छ ।

बार्सिलोना सन् २०२१ सम्म कायम अनुबन्ध अनुसार मेसीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नु पर्ने सर्त रहेको मान्छ । मेसीको निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्दैछ ।कान्तिपुरबाट

Logo