इन्धनको मूल्य घट्दैन : आयल निगम

इन्धनको मूल्य घट्दैन : आयल निगम

केन्द्रबिन्दु
0
Shares

मंगलबार भारतबाट मूल्य घटेर आएपनि नेपाल आयल निगमले इन्घनको मुल्य नघटाउने भएको छ ।

आयल निगमले पत्रकार सम्मेलन गर्दै अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने, हामीलाई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन । अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’

मंगलबार निगमलाई प्राप्त मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर आएको थियो । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा  तथा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।


 

Skip This
Skip This
Logo