अमेरिकन एयरलाइन्सले २० वटा बुम सुपरसोनिक यात्री जेट विमान किन्न लागेको छ ।
यो सामान्य यात्रु विमानभन्दा दोब्बर गतिमा उड्ने विमान हो । त्यो विमानले ६५ देखि ८० यात्रुलाई पेरिसदेखि मोन्ट्रियलसम्म ३ घण्टा ४५ मिनेटमा लैजान सक्ने अनुमान गरिएको छ । पेरिस देखि मोन्ट्रियलसम्मको दुरी ५ हजार ५०२ किलोमिटर रहेको छ ।

अमेरिकन एयरलाइन्सले २० वटा बुम सुपरसोनिक विमानहरूका लागि फिर्ता नहुने रकम (नन रिफन्डेबल मनी) जम्मा गरेको हो । यो विमान डेनभरको एरोस्पेस कम्पनी बुमले निर्माण गरेको हो । कम्पनीका अनुसार यो विमान म्याच १.७ को गतिमा उड्छ । अर्थात् यो विमानको गति १९७५ किलोमिटर प्रति घण्टाको गतिमा यात्रा गर्न सक्क्षम छ ।
यो विमानको विशेषता भनेको एकपटक इन्धन भरेपछि ७ हजार ८७० किलोमिटरसम्म लगातार उड्न सक्छ । यो विमानमा ६५ देखि ८० यात्रु बस्ने व्यवस्था छ ।
बुम सुपरसोनिक जेट बनाउने कम्पनीले यो विमानको विशेषता यसको डिजाइन रहेको बताए । कम्पनीका अनुसार यो विमानको अघिल्लो भाग पातलो र पछिल्लो भाग चौडा रहेको छ । यसैका कारण यो विमानले इन्धन खपतमा पनि बचत गर्नेछ ।

बुम सुपरसोनिक विमानको पंखा मुनि चार इन्जिन जडान गरिएको छ । जसले यसको गति नियन्त्रण र बल प्रदान गर्छ । अमेरिकाको संघीय उड्डयन प्रशासनले कुनै पनि यात्रुवाहक विमानलाई म्याच १ भन्दा माथि अर्थात् १२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा उडान गर्न निषेध गरेको छ ।
यदि यो विमान अमेरिकी कम्पनीले किन्ने हो भने उसले कि १९ सय ७५ किलोमिटर प्रतिघण्टाको गतिमा उडान गर्ने अनुमति पाएको हुनुपर्छ कि अनुमति पाउने तरखरमा छ ।





























प्रतिक्रिया