हर्क र बालेनलाई दिपकराज गिरीको कटाक्ष : लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?

हर्क र बालेनलाई दिपकराज गिरीको कटाक्ष : लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?

केन्द्रबिन्दु
0
Shares

तीनदेखि सामाजिक सञ्जालमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबीच चलेको घोचपेच र व्यंग्यले उनीहरूको समर्थक निराश बनेका छन्।

काठमाडौँ आएर मेयर साम्पाङ धरान फर्केपछि उनीहरूबीच घोचपेच र व्यंग्य चलिरहेको छ।काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उनीहरूबीच घोचपेच चलेको हो।

‘काठमाडौँको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ’, सामाजिक सञ्जालमार्फ मेयर साम्पाङले पछिल्लो पटक भनेका छन्।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले ‘लौरो’ चुनाव चिह्न पाएका थिए। सोही चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारकाे रूपमा उनीहरू निर्वाचित भएका हुन्।

उनीहरूबीचको घोचपेच र व्यंग्यले जनताको साथ र समर्थन गुम्ने आसयसहित कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका छन्।

कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो। लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ?’

 

Skip This
Skip This
Logo