कमल थापाले गरे दुई उपाध्यक्षसहित ६ पदाधिकारी मनोनयन

कमल थापाले गरे दुई उपाध्यक्षसहित ६ पदाधिकारी मनोनयन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पार्टीमा दुई उपाध्यक्ष, एक महामन्त्री, दुई सहायक महामन्त्री र एक सहायक प्रवक्ता मनोनयन गरेका छन्।

उपाध्यक्षमा दिलनाथ गिरि र श्याम प्रसाद तिमिल्सीना नियुक्त भएका छन्। यस्तै महामन्त्रीमा केशवराज श्रेष्ठ र सहायक महामन्त्रीमा रामसुन्दर बिष्ट तथा दिनेश चन्द्र गुप्ता तथा सहायक महामन्त्रीमा सस्मिता सुवेदीलाई मनोनयन गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।थापाले शनिबार बिहान उनीहरुलाई मनोनयन गरेका हुन्।

नवनियुक्त उपाध्यक्षद्धय गिरि र तिमिल्सीना राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा कारवाहीमा परेपछि कमल थापा नेतृत्वको राप्रपा नेपालमा गएका हुन्। महामन्त्रीमा नियुक्त भएका श्रेष्ठ पनि राप्रपाबाटै राप्रपा नेपालमा गएका हुन्।

पार्टीको हितविपरित कृयाकलाप गरेको भन्दै उनीहरुलाई लिङदेनले कारवाहीको घोषणा गरेपछि पार्टी परित्याग गरेका थिए।

Skip This
Skip This
Logo