माओवादी बैठक-महासचिवमा देव गुरुङ, अरु पदाधिकारी को-को ? (सूचीसहित)

माओवादी बैठक-महासचिवमा देव गुरुङ, अरु पदाधिकारी को-को ? (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् । 

पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् 

त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हित राज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।

यी हुन् माओवादी केन्द्रका पदाधिकारीको सूची :

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल

सचिव :  दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त

Logo