भर्खरै लन्च भएको महिन्द्रा स्कोर्पियो क्लासिक नेपालमा पनि भित्रिने, यस्ता छन् फिचर

भर्खरै लन्च भएको महिन्द्रा स्कोर्पियो क्लासिक नेपालमा पनि भित्रिने, यस्ता छन् फिचर

केन्द्रबिन्दु
0
Shares

महिन्द्राले स्कोर्पियो क्लासिक लन्च गरेको छ । 

स्कोर्पियो क्लासिक २ भेरिएन्ट एस र एस११ मा लन्च गरिएको छ । महिन्द्रा स्कोर्पियो क्लासिक एसको मूल्य ११ लाख ९९ हजार र एस११ को मूल्य १५ लाख ४९ हजार भारु तोकिएको छ । 
महिन्द्रा स्कोर्पियो क्लासिकको पुरानो मोडलमा भन्दा नयाँ मोडलमा डिजाइन र मेकानिकल अपडेट गरिएको छ । 

यसमा अपडेटेड फ्रन्ट ग्रिल, पुनः डिजाइन गरिएको बोनेट र ट्विक गरिएका बम्पर उपलब्ध छ । यो कुल ५ रङगमा उपलब्ध छ । सो एसयूभीको इन्जिन अघिल्लो मोडलको तुलनामा ५५ किलो हलुका र १४ प्रतिशत बढी इन्धन क्षमता भएको कम्पनीले दाबी गरेको छ । सो इन्जिनले १३० बीएचपीको पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।

२०२२ स्कोर्पियो क्लासिकमा एलईडी हेडलाइट, एलईडी डीआरएल र फगल्याम्प समावेश छ । यसमा १७ इन्चको अलोय ह्विल छ । साथै यसमा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, टु टोन बेज र कालो इन्टेरियर, ड्यासमा वुडन इन्सर्ट र आरामदायी सिट उपलब्ध छ ।

सेफ्टीका लागि स्कोर्पियो क्लासिकमा इन्जिन स्टार्ट÷स्टप, ईबीडीसहितको एबीएस, फ्रन्टमा २ वटा एयरब्याग, रियर पार्किङ सेन्सर, क्रुज कन्ट्रोल जस्ता फिचर रहेको छ । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो स्कोर्पियो क्लासिक मोडल भारतमा मात्र नभई भुटान, नेपाल, श्रीलंका, दक्षिण अफ्रिका जस्ता देशमा पनि बिक्री गर्ने योजना बनाएको छ । यी देशहरूमा महिन्द्राको स्कोर्पियो क्लासिक मोडल भारतबाट नै निर्यात गरिने छ ।

Skip This
Skip This
Logo