फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ताचप्पलको पाँचौं दशैँ व्यापार प्रवद्र्धन मेला भृकुटीमण्डपमा शुरु भएको छ ।
उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उदेश्यले सुरु दशैँ जुत्ताचप्पल व्यापार मेला भदौ २० गतेसम्म चल्नेछ । जुत्ताचप्पल व्यापार मेलाका संयोजक तथा फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले वार्षिक क्यालेण्डर अनुसार चालु आर्थिक वर्षको पहिलो मेला आयोजना गरिएको बताए । उनले मेलामा १ हजारभन्दा बढी किसिमका उत्पादनको स्टल रहेको बताउनु भयो ।
.jpg)
बञ्जाडेले मेलामा ग्राहकले चुत्ताचप्पल किन्न आउँदा सस्तो र गुणस्तरीय भारी छुटका साथ पाउनसक्ने बताए । मेलामा सबै उमेर समूह र कार्यालय प्रयोजनका लागि जुत्ताचप्पल पाउने बताउँदै उनले पछिल्लो समय नेपाली जुत्ताचप्पलको उत्पादनले उपभोक्ताको मन जित्न सफल भएको दाबी गरे ।
.jpg)
मेला उद्घाटन प्रश्चात कार्यक्रममा बोल्दै वागमती प्रदेश सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले विदेशी ब्राण्ड भन्ने बित्तिकै जुत्ता र कपडा किन्ने तर नेपाली ब्राण्ड भनेपछि ओठ खुम्च्याउने सोच नेपालीहरुले परिर्वतन गर्नु जरुरी रहेको बताए । उनले नेपाली उत्पादनलाई सबैले प्रयोग गर्नु आवश्यक रहेको बताउँदै नेपाली जुत्तामा विदेशी ब्राण्ड नभएर ब्राण्ड नेपाली लेख्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
.jpg)
नेपाली ब्राण्ड लेख्ने कार्यका लागि बागमती सरकार सहयोग गर्न तयार रहेको बताउँदै उनले विदेशमा नेपाली ब्राण्डका जुत्ताकपडाको उत्पादन र प्रचारप्रसारका लागि सहयोग गर्न तयार रहेको आश्वासन दिए । उनले नेपाली वस्तु उत्पादनमा आत्मनिर्भर रहेका वस्तुहरु आयातमा प्रतिवन्ध लगाउन आवश्यक रहेको धारणा राखे ।
.jpg)
कार्यक्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल सरकारले तयार वस्तुको भन्दा कच्चा पदार्थको कर कम लगाउने नीति बनाएर नेपालमा धेरै उद्योग आउने बताए । उनले प्रदेश सरकारहरुले पनि उत्पादनको आधारमा उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै नेपाली उत्पादन जुत्ताचप्पल विदेशी उत्पादन भन्दा कम नभएको जिकिर गरे ।
.jpg)
मेलामा ग्राहकले १५ देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउनेछन् । मेलामा ३० भन्दा धेरै ब्राण्डका करिव हजार मोडलका जुत्ता चप्पल राखिएका छन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको छ ।
.jpg)





























प्रतिक्रिया