नेपाली राजनीतिमा चर्चित र बौद्धिक नेता भनेर चिनिने नेपाली कांग्रेसका वरिष्ठ तथा समाजवादी नेता प्रदीप गिरिको निधनले सिंगो देश शोकमा डुबेको छ । को हुन् त स्व.नेता गिरी ? आजको अंकमा हामी नेपाली राजनीतिमा उनले गरेका योगदानहरु केलाउने प्रयास गर्नेछौं ।
को हुन् स्व नेता प्रदीप गिरि?
नेपाली राजनीतिक क्षेत्रले एक बौद्धिक व्यक्तिलाई गुमाएको छ। शनिबार राति साढे ९ बजे कांग्रेसका नेता प्रदीप गिरिको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको हो । सांसदसमेत रहेका गिरिको मेडिसिटी अस्पतालमामा उपचारका क्रममा निधन भएको हो। उनी घाँटीको क्यान्सरका साथै पछिल्लो समय निमोनियाबाट ग्रसित थिए।लामो समय भारतमा उपचार गरेर स्वदेश फर्किएका गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
गिरिको पार्थिव शरीर आइतबार बिहान अस्पतालबाट निकालेर दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको थियो । आइतबार नै गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
२००४ सालामा सिरहाको बस्तीपुरमा जन्मिएका गिरी नेपाली राजनीतिमा बौद्धिक नेताका रूपमा चिनिन्थे। पिता मित्रलाल गिरि नेपाली कांग्रेसका नेता भएकालेसानै उमेरदेखि प्रदीप राजनीतिमा संलग्न भए । २०१७ सालदेखि नै उनको राजनीतिक यात्रा सुरु भएको थियो ।
गिरीले राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष जेल जीवन बिताएका थिए । भारत, जवाहरलाल नेताहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्दथे। ०२४ सालमा नेपाल छात्र संघ बनारसको निर्वाचित उपाध्यक्ष भएका गिरि सोही समयदेखि सक्रिय राजनीतिमा होमिएका हुन् । २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित गिरी २०५६ को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य भएका थिए।
गिरीले नेपाली समाज किन यसरी पछाडि प¥यो भनेर किशोरावस्थादेखि नै प्रश्नहरू सोध्न र तिनको उत्तर नेपाली समाजमै कतै छ भनेर खोज्न थाले । जीवनको अन्त्यसम्म पनि उनले नेपाली समाजको समस्या र चासोबारे प्रश्न गरिरहे, शासकहरूलाई समाधानका सामाजिक मन्त्रहरू सिकाइरहे ।
यस्तो छ गिरिको राजनीतिक यात्रा
हाल प्रतिनिधि सभा सदस्यसमेत रहेका स्वर्गीय गिरी नेपाली राजनीतिक वृत्तमा एक वौद्धिक छवी भएका नेताका रुपमा चिनिन्थे । सन् २००४ साल कात्तिक १७ गते सिराहमा जन्मिएका गिरी बाल्यकालदेखि नै राजनीतिमा होमिए ।
उनी राणाकालमा जन्मेका थिए । जनता ‘रैती’ थिए । लेख्ने, पढ्ने र बोल्ने आजादी थिएन । यद्यपि, त्यसबखत राणाहरूमध्ये पनि अलि उदार स्वभावका पद्मशमशेर श्री ३ को आसनमा थिए । उनी जन्मेको ३ वर्षमात्र भएको थियो, मुलुकमा प्रजातन्त्रको बिहानी झुल्क्यो । त्यही उमंग र उल्लासमा उनी हुर्के, बढे र पढे ।
उनका बाबु मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले पनि सानैदेखि राजनीतिक रस थाहा पाएका गिरी २०१७ सालबाट सक्रिय राजनीतिमा पाइला चालेका थिए ।राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताए ।
लामो राजनीतिक यात्रामा गिरी २०२४ सालमा नेपाल छात्र संघ (बनारस) हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्य भए ।२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । त्यतिबेलाको व्यवस्थापिका संसदमा उनले नेपाली कांग्रेस प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए । ०५६ वैशाख–जेठको दुई चरण चुनावमा प्रदीप गिरि नेपाली कांग्रेसबाट सिरहामा उम्मेदवार थिए ।
युद्धको उन्मादमा रहेका माओवादी कार्यकर्ताहरुलाई हेडक्वार्टरले सके चुनाव बिथोल्न, नसके बहिष्कार गर्न सर्कुलर पठाएको थियो ।माओवादीको पहिलो तारो कांग्रेस थियो । नारा नै थियो माओवादीको, ‘कांग्रेस खोजीखोजी, एमाले रोजीरोजी ।’तर ‘कांग्रेस खोजीखोजी’ को बेलामा माओवादी नेतृत्वले आन्तरिक रुपमा सूचना पठाएर प्रदीप गिरिको चुनाव प्रचार अभियानमा दखल नपु¥याउन निर्देशन दिएको थियोे । प्रदीप गिरि माओवादीलाई आतंकवादी नभई राजनीतिक शक्तिकै आँखाबाट हेरिनुपर्ने मत राख्थे । उनी त्यस्तो बेला यो मत दर्ज गरिरहेका थिए, जुन बेला पार्टीका एकछत्र शक्तिशाली नेता गिरिजाप्रसाद कोइराला थिए । अनि कोइराला त्यस बेला माओवादीप्रति वास्तवमै अनुदार थिए । कोइराला प्रधानमन्त्री थिए, जसले आसन्न चुनावका लागि प्रतिद्वन्द्वी मानेका कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने आश्वासनसहित भोट मागिरहेका थिए । उनको राजनीतिक निष्ठा, अनि माओवादीका मुद्दाहरुलाई हेर्नेबारेमा जुन प्रष्टता थियो, नेतृत्वले त्यसलाई नोट गरेको थियो ।
अध्ययन, चिन्तन, मनन गदैै सधैं स्वतन्त्रता र स्वच्छन्दतामा रमाउने नेता गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका थिए ।सरल, मिलनसार, गान्धीका अनुयायी, माक्र्सवादका ज्ञाता, कांग्रेस–कम्युनिष्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको र व्याख्या गर्न सक्ने वौद्धिक र तार्किक व्यक्तिलाई आज नेपालले गुमाएको छ गिरीलाई अध्ययनका साथै लेखनमा पनि उत्तिकै रुचि थियो। लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्रलगायतका उनका दर्जनौं पुस्तक प्रकाशित छन्।गान्धीका अनुयायी, मार्क्सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको र व्याख्या गर्न सक्ने बौद्धिक तथा तार्किक व्यक्तिलाई आज नेपालले गुमाएको छ।
नेपाली कांग्रेसमा बौद्धिक धार तथा समाजवादी चिन्तनलाई प्रतिनिधित्व गर्ने गिरीले अध्ययन र निर्वासित राजनीतिका प्रारम्भिक वर्षमा भारतको दरभंगा, पटना, बनारस र दिल्लीमा झण्डै दुई दशक बिताएका थिए। बनारस हिन्दु विश्वविद्यालयमा छोटो समय अध्ययनमा पनि संलग्न रहे। गिरीका पिता मित्रलाल बिपी कोइरालाका समकालीन धनुषाका कांग्रेस नेता थिए। भारतमा खासगरी डा. राम मनोहर लोहिया धारका समाजवादी नेताहरूसँग उनको निकट सम्बन्ध रहे पनि नेपालमा भारतको राजनीतिमा कुनै स्थायी संलग्नता उनको कुनै नेतासँग रहेन।
नेपाली कांग्रेस भित्रै रहे पनि स्वतन्त्र चिन्तन, कहिलेकाहीँ झण्डै अराजकहरूसम्मका गतिविधि र नेतृत्वको आलोचनाका कारण उनी दल भित्र अल्प समूहमै रहने गरे । उनका निकट र समर्थकहरूले गिरीलाई क्षमता अनुरूप अवसर नपाएको या पार्टीभित्र प्रजातान्त्रिक मूल्य मान्यतामा योगदान पु¥याउन नसकेको व्यक्तित्वका रूपमा लिने गरेका छन्।
अल्पकालीन तीक्ष्ण स्मरण शक्तिका गिरीले मार्क्सवाद, साम्यवाद भित्रका समाजवादी आन्दोलन र व्यक्तित्वको गहन विश्लेषणका साथ अनगिन्ती छिटपुट लेख लेखेका छन्। अप्रिय र आलोचनायुक्त अभिव्यक्तिलाई पनि चित्तबुझ्दो तरिकाले पस्किन सक्ने खुबी भएका गिरी नेपालको राजनीतिक वृत्तमा गान्धीवादी भनिए पनि उनी हिंसात्मक आन्दोलनका विरोधी रहेनन्, सिद्धान्ततः र व्यवहार दुवैमा।
प्रदीप गिरीले मन्त्री पद या नेपाली कांग्रेसको संगठनात्मक दायित्व लिने चाहना कहिल्यै राखेनन्। वास्तवमा २०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि मन्त्री परिषदमा सामेल हुन उनले गरेको आग्रहलाई गिरीले अस्वीकार गरेका थिए।नेपाली कांग्रेसभित्र उनी बिपी कोइरालाका प्रखर प्रशंसक रहे भने गिरीजाप्रसाद कोइरालाका कटु आलोचक पनि थिए। २०४६ र २०६२–०६३ दुवै आन्दोलनमा उनी नेपालमा भन्दा भारतीय समर्थन हासिल गर्न त्यहाँको उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग सम्पर्कमा रहे ।
खासगरी लोहियाको सप्तक्रान्ति र रामायण तथा महाभारतका द्रौपदी आदि सजीव महिला पात्रलाई आदर्शका रूपमा उनको प्रस्तुतिलाई नेपाली प्रसङ्गमा अनवरत रूपमा गिरीले पनि उठाई रहे, लेख तथा साहित्यिक गोष्ठीहरूमा। तर, त्यो समझदारी र अनुभव कुनै पनि रूपमा उनको पार्टीमा हस्तान्तरण हुन सकेन।
गिरिको निधनले नेपालको राजनीतिक क्षेत्र शोकमा
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा दुःख ब्यक्त गरेका छन ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।
त्यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले गिरीको निधनबाट कांग्रेसको समाजवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन् । गिरीले निजी स्वार्थ र पदको लोभ नराखी निराशक्त भएर जीवनभर विचारको राजनीति गरेको तथा कांग्रेसलाई प्रेरणा र भरोसा दिएको उनले बताए धेरै ठूलो प्रतिभाशाली र समाजवादी नेता गुमाउनु मुलुककै लागि असह्य पीडा भएको उनले बताए ।
कांग्रेस नेता शेखर कोइरालाले नेपालको सिंगो राजनीति र पार्टी संगठनमा गिरीको योगदान सधैं खड्किरहने बताए । नेपाली राजनीतिका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक प्रदीप दाइले पु¥याएको योगदानको जति नै चर्चा गरे पनि अधुरै रहने उनले बताए ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले महागुरु गुमाएको प्रतिक्रिया दिए ।कांग्रेस नेता विमलेन्द्र निधिले आफूले राजनीतिक अभिभावक र अग्रज गुमाएको बताए । विद्यार्थीकालदेखि नै गिरीको सामीप्यमा प्रेरणा पाइरहेको प्रसंग उल्लेख गर्दै उनले गिरी रामायणको पनि ठूलो अनुरागी र अद्वितीय विश्लेषक भएको कुरा धेरै कमलाई थाहा भएको र आफ्नो राजनीतिक गुरु भएको नाताले व्यक्तिगत रूपमा आफूलाई ठूलो चोट पुगेको बताए । कांग्रेस नेता नरहरि आचार्यले विचारको गहनता रहेका गिरी जतिको नेता समकालीन राजनीतिमा कोही नभएको बताए । उनले गिरी पार्टी र पार्टीभित्र गुटमा रहे पनि राजनीतिमा कुनै नेताप्रति पक्षधरता नदेखाई प्रश्न मात्रै उठाइरहने सदाबहार प्रतिपक्षी नेता रहेको बताए ।
अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले गिरी नेपाली राजनीतिको एउटा ताराको रुपमा रहेको उल्लेख गरे । गिरिलाई सादगी जीवन जिउने निष्ठावान राजनीतिज्ञको रुपमा अथ्र्याए । गिरीले लोकतन्त्र र समाजवादको गहिरो व्याख्या गर्ने गरेको स्मरण गरे । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गिरीलाई समाजवादी विचारका चिन्तक तथा अध्ययनशिल व्यक्तित्वको रुपमा उल्लेख गरे। उनी कम्युनिष्ट र काँग्रेस मिलेर नै देशको विकास गर्नुपर्छ भन्ने पक्षमा रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
विगतमा पञ्चायतबिरुद्ध कम्युनिष्ट र काँग्रेसको एकताको पक्षमा गिरि रहेकै कारणले पनि सो आन्दोलन सफल भएको उनले स्मरण गरे ।त्यस्तै गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले गिरी नेपाली राष्ट्रियताको संवद्र्धन र जनताको अधिकारलाई स्थापित गर्न जीवनभर लागिरहेको बताए । गिरीले नेपाली काँग्रेसलाई समावेशी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको उनले उल्लेख गरे ।





























प्रतिक्रिया