सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडको टुंगो लगाउने

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडको टुंगो लगाउने

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनको बैठक मंगलबार पनि बस्दैछ ।

सोमबार साँझ बसेको बैठकले सिट बाँडफाँडको विषय टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकले सिट बाँडफाँडबारे ठोस निष्कर्ष निकाल्नेछ । 

सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको नेता कार्कीको दाबी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ । तर भागबण्डा मिलाउन भने गठबन्धनलाई सकस भएको छ। भागबण्डा नमिलेपछि सिट बाँडफाँडको विषय अझै टुंगोमा पुग्न सकेको छैन । 

Logo