सनसिल्कको प्याकमा आफ्नो सुन्दर कपाल प्रदर्शन गर्ने अवसर

सनसिल्कको प्याकमा आफ्नो सुन्दर कपाल प्रदर्शन गर्ने अवसर

केन्द्रबिन्दु
0
Shares

नेपालीहरुको महान् चाड दसैँको अवसरमा 'सनसिल्क दसैँ भाइब्स २' आयोजना हुने भएको छ । 

सनसिल्क नेपालले आफ्नो अत्यधिक सफल अभियान सनसिल्क दसैँ भाइब्स दोस्रो वर्षको लागि पनि सुरु गर्ने तयारी गरेको जनाएको हो । जसले लाखौं नेपाली नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर प्रदान गर्नेछ । यसअघिको सनसिल्क दसैँ भाइब्सले आफ्नो फेसबुक, इन्स्टाग्राम र टिकटकमा ६ करोड भन्दा बढी भ्यूज प्राप्त गरेको थियो । २८५४ जनाले सहभागिता जनाएका थिए । यस वर्ष सनसिल्क दसैँ भाइब्स २ ले सो संख्यालाई उछिन्दै एक नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ।

नेपालको महान् चाडमा आफ्ना ग्राहकहरुको जीवनको एक हिस्सा बन्न, गत वर्ष सनसिल्क नेपालले बडादसैँ २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगिता सनसिल्क दसैँ भाइब्स अभियान सुरु गरेको थियो । जुन अभियान भव्य रूपमा सफल पनि भएको थियो । अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ्ग अफगल्र्सको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने मौका दिएको थियो ।

आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्राण्ड एंबेसडरद्वय प्रिन्सी र प्रिज्मा खतिवडाका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । प्रतियोगीताको विजेताहरूको रूपमा उनीहरूले यसवर्षको “सीमित विशेष दसैँ प्याकमा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन् । 

जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिदैछ। यो नयाँ प्याकमा ३ भिन्न प्रकार रहेका छन्  हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट नेपालको लाखौं घरहरु मायो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिएको छ। यसरी प्रस्तुत गरिएको ३ नयाँ प्याकहरूमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेस गरिएको हो ।

सनसिल्क संसारको सबैभन्दा ठुलो हेयर केयर ब्राण्ड मध्ये को एक हो । वर्षौँदेखि यो ब्राण्डको स्याम्पु उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ। यो नेपालको नं.  ब्युटी ब्राण्ड पनि हो । युवतीहरूमा लुकेको सम्भावनाहरू उजागर गर्न र हरप्रकारका सम्भावनाहरुका लागि उनीहरूको केशलाई तयार बनाउन सनसिल्कले दशकौँदेखि नेपालमा गुणस्तरीय कपाल स्याहारका उत्पादनहरु उपलब्ध गराउँदै आएको छ । 

युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले भने  “लाखौं उपभोक्ताहरूद्वारा रुचाइएको र देशभर बिक्री हुने, सनसिल्क निस्सन्देह नेपालको सर्वाधिक ठुलो सौन्दर्य ब्राण्ड हो। गत वर्ष दसैँको दौरानमा आयोजित दसैँ भाइब्स प्रतियोगीताको विजेताहरू सनसिल्क ग्याङ्ग अफगल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ, र प्रतियोगिता आफैमा एक अभूतपूर्व सफल अभियान थियो । 

सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरूले सम्भावनाहरूलाई व्यापक बनाउन पाउँछ । उनीहरू उत्साहित हुने गर्दछन् । हामीले उनीहरुलाई उनीहरूको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौँ। हामी विश्वास गर्दछौँ,  सौन्दर्य सरल छ र धेरै तरिकाहरूबाट यसलाई कैद गर्न सकिन्छ। 

हामी हाम्रा उपभोक्ताहरूले मनाउने स्थानीय चाडपर्वहरू र संस्कृतिहरू सँगै हाम्रा ब्रान्डहरूलाई आबद्ध गराउन चाहन्छौँ। सनसिल्क ग्याङ्ग अफगल्र्सको सक्रियता र सनसिल्क दसैँ भाइब्स त्यस्तै प्रयासको अँगन हुन्।“

Skip This
Skip This
Logo