गायक सुमित खड्काले काठमाडौंमा राष्ट्रिय भावनाका गीत प्रस्तुत गर्ने भएका छन् ।
भदौ ३१ गते प्रज्ञा प्रतिष्ठानमा हुने साे कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकारका बहालवाला र अवकाश पाएका उच्च अधिकारीहरू सहभागि हुने बताइएको छ ।
राष्ट्रिय भावनाका गीतमात्र प्रस्तुत हुने कार्यक्रमका लागि प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर निम्तो दिएको र उनले आउने बचन दिएको पनि खड्काले बताएका छन् । कार्यक्रममा कम्तिमा १५ राष्ट्रिय भावनाका गीत प्रस्तुत गर्ने उनले जानकारी दिए ।
खड्काले राष्ट्रिय भावनाका गीत मात्र गाउँछन् । मधेस आन्दोलनको बेलामा सामाजिक सद्भाव विग्रिएको बेला ‘हिमाल पहाड तराई कोही छैन यहाँ पराई’ गीत गाएर राष्ट्रिय भावनामा ओतप्रोत भएका उनका चार सयभन्दा बढी गीत रेकर्ड छन् ।





























प्रतिक्रिया