चर्चित गायक भिषण मुकारुङले एम्बुलेन्स संचालन सहयोगका लागि एकल साँझ गर्ने भएका छन् ।
भोजपुरे सेवा समाज काठमाडौंको आयोजनामा असोज ६ गते बिहीबार ‘भिषण सांगीतिक साँझ’ हुन लागेको हो । राष्ट्रिय नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बताए ।
नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ–३ अन्नपूर्णले संचालन गरिरहेको एम्बुलेन्स व्यवस्था सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको बताउँदै मुकारूङले यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको बताए ।
मुकारुङ भोजपुरको ट्याम्के मैयुङ–३ अन्नपूर्णका हुन् । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन् । उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन् । उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन् ।































प्रतिक्रिया