निबन्धकार मुकुन्द शर्माको ‘शब्दशिविर’ लोकार्पण

निबन्धकार मुकुन्द शर्माको ‘शब्दशिविर’ लोकार्पण

केन्द्रबिन्दु
0
Shares

गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको संग्रह ‘शब्दशिविर’ निबन्ध सार्वजनिक भएको छ । ३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर तयार गरेको २५ वटा निबन्धहरूको संग्रह शब्दशिविर सार्वजनिक गरिएको हो । 

लिट्टल एन्जल्सका प्रिन्सिपलसमेत रहेका शर्माको पुस्तकको विमोचन राज्यमन्त्री उमेश श्रेष्ठले गरेका हुन् ।

सो अवसरमा राज्यमन्त्री श्रेष्ठले गितकारको रुपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफूलाई अत्यन्तै खुसी लागेको बताए । उनले भने- ‘३४ वर्षदेखि निरन्तर विद्यालयको वागडोर सम्हाल्नुभएका उहाँको योगदानलाई कसैले बिर्सन हुँदैन ।’ 

त्यस्तै, निबन्धकार शर्माले एक सताब्दी पुरा गरेका बुवा निमानन्द शर्मा र ९५ वर्षीय आमा शोभादेवीको कोख र काखमा जीवनमा प्रेरणा मिलेको र त्यसैको परिणामको कारण निबन्ध संग्रह तयार भएको बताए। साथै उनले भने- ‘मेरो विद्यार्थी एवं कामना न्युज पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठसंग कफीसपमा भेट भएपछि उनले दिएको उक्साहटबाट आफूले निबन्ध संग्रह प्रकाशन गरी आज विमोचन गर्न पाएकोमा खुसी लागेको छ ।’

२५ वटा निबन्धको सङ्कथन शब्दशिविर आजबाट देशभर पाइनेछ । २ सय १२ पुष्ठको सो निबन्ध संग्रह आजबाट नेपालभर पाइने भएको छ । पुस्तकको मुल्य ४ सय रहेको प्रकाशकले जनाएको छ। यस सङ्कथनभित्र गुन्द्रुक भिसादेखि विश्रान्ति (क्षणिकी–२)सम्मका बेजोड निबन्धहरूको सङ्कथन छ ।

Logo