कंचनजंगा अगरबत्तीको सहयोगमा पहिलो शक्ति दर्शन स्मारिका विमोचन

कंचनजंगा अगरबत्तीको सहयोगमा पहिलो शक्ति दर्शन स्मारिका विमोचन

केन्द्रबिन्दु
0
Shares

सावित्री कंचनजंगा अगरबत्तीको सहयोगमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आफ्नो पहिलो शक्ति दर्शन स्मारिका विमोचन गरेको छ। 

नेपाल सरकारका पूर्व उप-सभामुख तथा पुर्व शिक्षा मन्त्री चित्रलेखा यादवको उपस्थितीमा उक्त स्मारिका विमोचन गरिएको हो । 

दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद् एउटा परोपकारी गैर नाफामुलक सामाजिक संस्था हो। यस् संस्थाले पशुपतिनाथ मन्दिर क्षेत्रमा हिन्दू धर्मको संरक्षण, तथा धर्म प्रचार/प्रसार तथा पशुपतिनाथ क्षेत्रलाई धार्मिक तिर्थाटनको माध्यमबाट धार्मिक पर्यटनको बिकास गर्ने लक्ष्यको साथ बिगत १५ बर्षदेखी हरेक बर्ष बडा दशैंको अवसरमा घटस्थापनाको दिन देखी नवमीको दिनसम्म बृहत् ढंगबाट दुर्गा पुजाको आयोजना गर्दै नवरात्री महा-महोत्सव मनाउँदै आएको छ।

Logo