टाइगरसँगको मनमुटावले रोकियो करणको स्क्रु ढिला

टाइगरसँगको मनमुटावले रोकियो करणको स्क्रु ढिला


बलिउड निर्माता तथा निर्देशक करण जोहरले अभिनेता टाइगर श्राफका साथ फिल्म ‘स्कू ढीला’को घोषणा गत जुलाईमा गरेका थिए ।

यो फिल्मको टिजर पनि सार्वजनिक भएको थियो । एक्सन फ्लेभरको फिल्म भनेर टिजर सार्वजनिक भएपनि कुनै नयाँ अपडेट बाहिर आएन । अहिले यो फिल्मको निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको खबर बाहिर आएको छ । समाचारअनुसार करण र टाइगरबीच पारिश्रमिकलाई लिएर सहमति जुट्न नसकेपछि फिल्मको काम रोकिएको हो । फिल्म ‘स्टुडेण्ट अफ द इयर २’ पछि करणे टाइगरसँग एक फूल फ्लेज एक्सन फिल्म गर्ने चाहना राखेका थिए र त्यसका लािग ‘स्क्रु ढिला’को घोषणा गरेका थिए ।

टाइगर यो फिल्मका लागि निकै उत्साहित थिए । त्यहीकारण करणसँग पारिश्रमिकको विषयमा टाइगरले कुरा गरेका थिएनन् । तर टाइगरको टिमको एक सदस्यबाट टाइगरले ३० करोड रुपैयाँ मागेको कुरा सुनेपछि करण चकित परेका थिए । करणले टाइगरको टिमलाई महामारी र मन्दीका कारण कोही पनि निर्माता कलाकारलाई यति पारिश्रमिक दिन नसक्ने भन्दै फकाउन खोजेका थिए । तर पनि टाइगर आफ्नो अडानबाट पछि हटेनन् । अन्ततः करणले फिल्मको काम अनिश्चितकालका लागि रोक्ने निर्णय लिए ।

एजेन्सी

 

Logo