१२ असोज २०७९ बुधबार
1
1
1
1

0 Shares

‘नेपाल यात्रा’ कला प्रदर्शनी बेलायतको हथ थियेटरमा

1
1
1
1

‘नेपाल यात्रा’ कला प्रदर्शनी बेलायतको हथ थियेटरमा भइरहेको छ । प्रदर्शनी २४ सेप्टेम्बरदेखि सुरु भएको हो भने यो १० अक्टुबरसम्म चल्नेछ । कलाकार पी.सिंह यतिबेला कलाको माध्यमबाट बेलायतमा नेपाललाई चिनाउने आफ्नो सपना साकार बनाइरहेका छन् ।

वास्तुका दृष्टिले धनी, प्राचीन मन्दिर तथा मठहरू, विभिन्न जातीय समूहहरूको प्रतिनिधित्व गर्ने चित्रका साथै परम्परागत पोशाक आदिको प्रदर्शनीले नेपालप्रति जागरूकता जगाउने र बेलायतबासीलाई नेपालबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्य प्रदर्शनीको छ ।

कलाकार पी. सिंह पेसाले सफ्टवेयर इन्जिनियर हुन् । चित्रकला उनको सोख हो । प्रदर्शनीका विषयमा उनी भन्छन्– प्रदर्शनीमा विभिन्न आकारका ४० वटा कलाकृतिहरू राखिएका छन् । स्केच, पानीको रंग र एक्रेलिक पेन्ट्सको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरता, नेपाली कला तथा संस्कृति बारे चिनाउने प्रयत्न हो । बेलायतीहरू यतिबेला निकै उत्सुकताका साथ पेन्टिङहरू हेरिरहेका छन् ।’

प्रदर्शनीमा पी. सिंहकी छोरी रोषलिन सिंहका केही चित्रहरू राखिएका छन् । १५ वर्षीया कलाकार रोषलिन सिंह बेलायतको निजी स्कूल वर्थमा ११ कक्षाकी विद्यार्थी हुन् । उनले प्राथमिक विद्यालयमा हुँदा नै बेलायतमा प्राथमिक तहका विद्यालय स्तरीय ‘व्हेलफेस्ट कला प्रतियोगिता’ जितेकी थिइन् ।

प्रकाशित: १० असोज २०७६ १२:३६ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी