लोक गायिका भूमिकाले हिजनसँग विवाह गर्दै

लोक गायिका भूमिकाले हिजनसँग विवाह गर्दै

केन्द्रबिन्दु
0
Shares

‘स्टेज क्वीन’ को नामबाट चर्चित लोक गायिका भूमिका गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न लागेकी हुन् ।

भूमिका र हिजनले केही समयको प्रेमलाई पारिवारिक सहमतिमा विवाहमा परिणत गर्न लागेका हुन् । दुवैको  विवाह समारोह सोमबार सल्यानमा आयोजना हुँदैछ ।  विवाहमा दुबै तर्फका सीमित आफन्त र साथीभाइ सहभागी हुनेछन् ।

गायिका गिरीले ब्याचलर पार्टी शनिबार होटल सम्पदा गार्डेन लाजिम्पाटमा दिएकी थिइन् ।

 

Logo