नेप्लिज फेसन होमले नेवार बालिकाको प्रतिभा प्रष्फुटनका लागि हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटील नेवाः को १४औँ संस्करणअन्र्तगतको ट्यालेण्ट शो राउण्ड सम्पन्न गरेको छ।
नेवारी कला, भाषा, संस्कार तथा सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताअन्र्तगतको ट्यालेन्ट शो शनिवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो। मिस लिटिल नेवाः ट्यालेन्ट चयनका लागि भएको ट्यालेण्ट शोका सहभागीहरुले आफूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकलाई आकर्षित गर्ने प्रयास गरेका थिए।
ट्यालेन्ट शोमा अविषा महर्जन, रोनिशा खड्गी, ईच्छा महर्जन, मुखु महर्जन, नुजला सिंं महर्जनसफिना श्रेष्ठ, सुज्योजी डंगोल, वेदान्शी डंगोल, अनिका महर्जन, सुहिना श्रेष्ठ र लुमना महर्जनले नृत्य, लुन्जला महर्जन, विमीशा डंगोल र रुही महर्जनले कुमारी नृत्य, विपश्वी मानन्धरले जिम्न्यास्टिक, निलीशा जोशी, प्राज्ना महर्जन र निभा कायष्थले चित्रकला तथा ग्रीष्मा राजचलले गायन कला प्रस्तुत गरेर मोहित तुल्याउने प्रयास गरे ।
महिला उद्योमी तथा साहित्यकार अन्जना ताम्राकारले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गरेको कार्यक्रम आयोजक नेप्लिज फेशन होमकी अध्यक्ष तथा समाजसेवी हेमा मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो।
लिटिल नेवाः आर्या श्रेष्ठ, समाजसेवी सुर बहादुर श्रेष्ठ, किड् क्विन अपेक्षा शेरचन र समाजसेवी अनु शेरचनको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेण्ट शोमा विश्व क्योकुशिन सेईसिन काई कराँते महासंघका उपाध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोककुमार श्रेष्ठ, पत्रकार तथा साहित्यकार सृजना दुवाल, महिला उद्योमी तथा समाजसेवी रेश्मा श्रेष्ठ, मिस नेवाः २०२२ शलिना महर्जन, फेसन डिजाईनर तथा नायिका शोभा महर्जन र पुर्व मिस नेवाः रेजिशा डंगोल निर्णायक रहेका थिए।
कार्यक्रम मिस नेवा: नेपाल २०२० नितु डंगोलले सञ्चालन गरेकी थिइन्।
१४ वर्ष मुनिका १९ जना नेवार बालिकाले अन्तिम स्पर्धा गर्ने १४औं संस्करणको मिस लिटिल नेवाः२०२२ मिस नेवा: नेपाल २०२१ कृषा महर्जनको संयोजन र प्रदिका महर्जनको उपसंयोजन तथा मिस नेवाः नेपाल २०२२ विजेता सलिना महर्जन र उप बिजेता प्रिया तण्डुकारको कोरियोग्राफीमा सम्पन्न हुनेछ।





























प्रतिक्रिया