‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपाल आएका छन् । तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम २१ प्रतियोगीमध्ये विजेता छान्न उनी बुधवार काठमाडौं आइपुगेका हुन् ।
उनले टप मोडल राउण्ड, स्वीमर राउण्ड, प्रि– जज राउण्ड र फाइनलमा निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
‘पटक पटकको प्रयासपछि नेपाल आइपुगेको छु। यसअगाडि कोरोना भाइरसको कारण भएको कडाइले गर्दा आउन सकेको थिइन्। यो बसाई मेरो लागि उपलब्धिमुलक हुनेछ’, मौलिङ्गकारले भने, ‘हामी सुप्रानेसनल सबै परिवार हौँ । यहाँ आएर निर्णायकको भूमिका निर्वाह गर्न पाउँदा खुसी छु । साथै, नेपालमा समेत यो प्रतियोगिताको सुरुआत भएको छ । आयोजकलाई धन्यवाद भन्न चाहन्छु।’
उनको नेपाल आगमन र प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुले अन्तर्राष्ट्रियस्तरमा छवि निर्माणमा सघाउने आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जनाएको छ । नेपालमा प्याजेन्ट ल्याएर प्रतियोगिता गराइरहेका नेपाल निर्देशक सन्तोष उपाध्यायले मौलिङ्गकारको नेपाल बसाई नौ दिन हुने बताए ।
‘उनले हाम्रो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गतिविधीमा सहभागी हुनेछन्’, उनले भने।
प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका १७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेका छन् । ‘म आफैँ प्रतियोगीको रूपमा मिस एन्ड मिस्टर सुप्रानेसनलमा सहभागी भएर चौथो बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ । यसपटक मैले मिस ग्लोब र मिस्टर इन्टरनेशनलको शीर्षकसमेत थपेको छु’, उनले भने ।































प्रतिक्रिया