‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौँ संस्करण काठमाडौँमा सम्पन्न

‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौँ संस्करण काठमाडौँमा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौँ संस्करण काठमाडौँमा सम्पन्न भएको छ । ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ कार्यक्रम आइतबार काठमाडौँस्थित होटल र्याडिसनमा सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा लगायत थुप्रै नेपाली कलाकारले एकसाथ सम्मान प्राप्त गरे । साथै सांसद विनोद चौधरी, बलिउड अभिनेत्री भाग्यश्री, बलिउड कलाकार रञ्जित, विन्दु दाह्रा सिंह, कमेडियन भिआइपी, अभिनेत्री वसुन्धरा भुसाल, अभिनेता निर्देशक आकाश अधिकारी लगायतले पनि अवार्ड तथा सम्मान प्राप्त गरे ।

कार्यक्रममा गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, पत्रकार प्रकाश सुवेदी, कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुबेर गिरी, गीता अधिकारी, उत्सव रसाइली, सुरक्षा भट्टराई लगायतले सम्मान प्राप्त गरे । 

त्यस्तै, सोही अवसरमा अभिनेत्री प्रियंका कार्की उत्कृष्ट   अभिनेत्री, धिरज मगर उत्कृष्ट अभिनेता, मिलन चाम्स वेस्ट निर्देशक, श्रद्धा क्षेत्री उत्कृष्ट डेब्यु अभिनेत्री, अरुण क्षेत्री उत्कृष्ट डेब्यु अभिनेता, बिजय बराल उत्कृष्ट कमेडियन कलाकार, दीपक शर्मा उत्कृष्ट संगीतकार, कमल राई उत्कृष्ट कोरियोग्राफर, शंकर पाण्डे उत्कृष्ट प्रोडक्सन डिजाइनर र फिल्म ‘महापुरुष’ले उत्कृष्ट फिल्म अवार्डमा पर्न सफल भयो । 

नेपाल र भारतको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा भारतीय कमेडियन भिआपीले आफ्नो प्रस्तुति राखेका थिए । 

Logo