यस वर्षको मिस वर्ल्ड भारतमा हुने

यस वर्षको मिस वर्ल्ड भारतमा हुने

केन्द्रबिन्दु
0
Shares

यस बर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन् । 

क्यारोलिनाकी अध्यक्ष जुलिया मोर्ली र जमील सैदीले दिल्लीको ओबेरोय होटलमा आयोजित पत्रकार सम्मेलनमा यसको आधिकारिक घोषणा गरेका हुन् । उनीहरूका अनुसार भारतमा ३० दिनसम्म १४० देशका प्रतिनिधिको उपस्थिति रहनेछ । 

पत्रकार सम्मेलनमा बोल्दै मिस वर्ल्ड २०२१ कारोलिना बिलावस्काले भनिन्, ‘हामी यहाँ भारतमा १४० राष्ट्रहरूसँग पूरै महिना बिताउने छौं । भारत मिस वर्ल्ड यहाँको विविधताको प्रतिनिधित्व गर्दछ।’ 

लाईफ स्टाईल एसियाका अनुसार ७१औं मिस वल्र्ड प्रतियोगिताका लागि संसारभरीका इच्छुक प्रतियोगीहरुले प्रतिक्षा गरिरहेको उनको भनाई छ । 

Skip This
Skip This
Logo