काठमाडौं ।
गीतकार डा. डीआर उपाध्यायको नयाँ गीति एल्बम बजारमा आएको छ। उनको पछिल्लो ‘मायाको सागर’ नामक एल्बम यसै साता वरिष्ठ सङ्गीतकार शिलाबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
सार्वजनिक एल्बममा १२ भाषाका गीत समावेश गरिएको छ । एल्बममा नेपाली, हिन्दी, चाइनिज, जापानिज, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेञ्च, स्पेन, इटालियन, जर्मन र थाई गरी १२ भाषामा गीत रहेको गीतकार उपाध्यायले बताएका छन् ।
नेपाली भाषामा सागर अधिकारी ‘शरद’, हिन्दीमा डा. डीआर उपाध्याय र अन्य भाषामा प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । सबै गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने एरेञ्ज देवेन्द्र नेवाःले गरेका छन् ।





























प्रतिक्रिया